धनगढी २९ असार/रितादेवी कामी सहित उनको परिवार असार १ गते देखी सडकमा पाल टागेर बसेकी छन् । कान्द्र नदीले घर डुवाएपछि रितादेवी सहित एक सय भन्दा बढी संख्यामा त्यहा पाल टागेर अस्थाई रुपमा बसोबास गर्दै आएका छन् । धनगढी टीकापुर सडक खण्डको गेणेशमान चौक नजिकै उनीहरु त्यहा बसेका छन् । कैलालीको भजनी नगरपालिकाको ५ पुलियापुर स्थित एक पुरै दलित बस्ती डुवानले घरबार बिहिन भएका छन् ।
हरेक वर्षको वर्षायाममा कान्द्रा नदीमा आउने बाढीका कारण बस्ती नै डुबानको चपेटामा पर्ने गर्दछ । यस वर्षपनि बस्ती पुर्णरुपले डुबानमा परेपछि उनीहरु हुलाकी सडकमा त्रिपाल टाङेर सडकमा बस्न थालेकका छन् । बस्तीमा बाढी पसेपछि पुरै घरमा रहेका लत्ताकपडा, खाद्यान्न र बस्तुभाउहरु सबै बगाएको कैलालीको भजनी नगरपालिकाको ५ पुलियापुरका बाढीपिडित लालबहादुर बिकले दुखेसो पोखे । हरेक बर्ष लालबोझी र भजनी क्षेत्रमा मोहना नदी र कान्द्रा नदिले हजारौ घर बाढीले प्रभावित पार्दै आएको छ ।
‘असर १ गतेदेखि नै बस्तीमा पानी बसेर डुबान भएपछि हाम्रो सडकमा बास भएको हो’ रतन कामीले भने–‘हरेक बर्ष यस्तै समस्या हुन्छ हामखीलाई कसैले पुर्नस्थापनका बारेमा सोचेको छैन ।’ डुवानबाट १५ घरपरिवारका १ सय जना प्रभाबित भएको स्थानीय रीतादेबीकामीले बताईन् । एकाएक बस्ती डुवानमा परेपछिगाई भैसी कुखुरा छोेडेर ज्यानजोगाउन सडकमा आएर बसेको उनको भनाई छ ।
हरेक वर्ष कान्द्रानदीमाआउने बाढीका कारण बस्ती डुवानमा पर्ने र आफुहरु सडकमा आएर बस्नु पर्ने बाध्यता रहेको स्थानीय लालबहादुर बिकको भनाई रहेको छ । राती अध्यारोमा सडकमा बास बस्दा कुकुर र मानसिक सन्तुलन बिग्रेका मानिसहरुले सताउने गरेको परुली कामीले दुखेसो पोखिन् । बिगत १२ वर्षदेखि डोटी र दैलेख जिल्लावाट बसाईसरी आएका सुकुम्वासी दलित बस्तीलाई हरेक वर्ष कान्द्रानदीको बाढीले दुःुखदिने गरेको छ ।
सो क्षेत्रमा हरेक बर्ष बाढी र नदीको कटानबाट जनता सास्ती भोग्नुपर्ने बाध्यता रहदै आएको छ । आफुहरु बिगत १२ वर्षदेखि डुबानका कारण हरेक वर्षको असार देखि असोज कार्तिक महिना सम्म सडकमै बस्ने गरेको स्थानिय बताउछन् । बस्ती डुवानका कारण १५ घरपरिवार समस्यामा परेपनि स्थानी सरकारप्रदेश सरकार र संघियसरकारले कुनै बास्तानगरेको उनिहरुको गुनासो छ ।









