काठमाडौं,२३ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १२५ सदस्यीय पोलिटब्यूरो प्रस्ताव गरेका छन् । प्रज्ञा प्रतिष्ठानमा बिहीबार बसेको केन्द्रीय कमिटी बैठकमा प्रचण्डले नामहरु प्रस्ताव गरेका हुन् ।
उनले अघि भने, ‘चुनाव गरेर सबै सबैका विरुद्ध लड्न पाउने गर्दा सजिलो हुन्थ्यो । तर अहिले त्यस्तो गर्न सक्ने स्थितिमा छैनौं ।’ निर्वाचन र मूल्यांकनको फ्युजनबाट कमिटीहरु बनाउँदा क्रान्तिकारी कम्युनिस्ट पार्टी बनाउन सकिने उनले बताए ।
प्रचण्डले पढेका नामहरु दोहोरिएका थिए । ३–४ वटा लिस्ट बनाएको र त्यसबाट मिलाउँदा यस्तो अवस्था आएको भन्दै उनले स्थायी कमिटीले फाइनल गर्ने र सर्कुलर पठाउने बताए ।