धनगढी,२७ कातिक
धनगढी उप–महानगरपालिका प्रमुख नृपबहादुर वडले निर्माणका योजनाहरु हाम्रो हुन भन्ने सोचको विकास हुन नसक्दा समस्या भैरहेको गुनासो गरेका छन् ।
लाईन्स क्लव अफ धनगढी सिटी र लाईन्स क्लव अफ फारवष्ट नसिङ्गले बुधवार बिश्व मधुमेह दिवसको अवसरमा आयोजना गरेको सुगर तथा आँखा शिविरको उद्घाटन गर्दै यस्तो धारणा राखेका हुन । यही सोच पालेर बस्दा दिगो विकास हुन नसकेको आरोप नगरप्रमुख वडको छ । घर आगन आफ्नो घर अगाडीको नाली उप–महानगरपालिकाको भन्ने सोचका कारण आगन बढारेर नालीमा फोहर फाल्नेहरु पनि छन् नगरप्रमुख वडले भने, ती ब्यक्तिनै नाली फोहर भयो भनेर गुनासो गर्दछन् । दुईबर्ष सम्म धनगढीका नगरबासीलाई फलफुलका विरुवा निशुल्क वितरण गरियो नगरप्रमुख वडले भने, त्यो बिरुवालाई पनि नगरपालिकाको भनेर राम्रोगरी हुर्काएनन् । त्यसैले गत आर्थिक बर्षका ८५ प्रतिशत अनुदानमा फलफुलको बिरुवा वितरण गरिएको नगरप्रमुख वडले बताए ।
कुनैपनि बिकासलाई दिगो र गुणस्तरीय बनाउनका लागि स्थानीयको सहयोग आवश्यक हुन्छ नगरप्रमुख वडले भने, स्थानीयले योजनालाई हाम्रो भन्न नसकेसम्म काम राम्रो हुन सक्दैन । गैह् जिम्मेवार कुरा गरेर धनगढी उप–महानगरपालिकाको विकास हुन नसक्ने बताउदै नगरप्रमुख वडले भने, जुनसुकै तहको सरकारले योजना हालेको भएपनि त्यो स्थानीय नागरिकको लागि हालिएको हो ।
नकारात्मक सोच पालेर मात्रै समाजको विकास हुन सक्दैन नगरप्रमुख वडले भने, जनस्तरबाट हुन सक्ने सानाकामहरु गर्न स्थानीय तयार हुनैपर्छ । धनगढी उप–महानगरपालिकाबाट संचालित सबै योजनाको अवस्था अनुगमन र निगरानी गर्ने जिम्मेवारी स्थानीयको पनि हो नगरप्रमुख वडले भने, बिग्रीएपछि गुनासो गरेर पहिलेको अवस्थामा फर्किन सकिदैन ।
योजनाहरु हाम्रो हुन भन्ने सोचको विकास भएन ः नगरप्रमुख वड
योजनाहरु हाम्रो हुन भन्ने सोचको विकास भएन ः नगरप्रमुख वड