काठमाडौँ, २६ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धन दुई दलका शीर्ष नेताहरुबीच छलफल भएको छ।बालुवाटारमा बिहीबार दिउँसो प्रधानमन्त्री देउवासँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले छलफल गरेका हुन्।
उनीहरुबीच दिउँसो ३ बजे समसामयिक विषयमा छलफल भएको खुमलटार स्रोतले जनाएको छ। ‘समसामयिक विषयमा छलफल भएको हो,’ स्रोतले भने।पछिल्लो समय एकीकृत समाजवादीले आफ्ना ४ मन्त्री फेर्ने निर्णय गरेसँगै सत्तारुढ दलहरुमा समस्या देखिएको छ।
अध्यक्ष नेपाल मन्त्री फेरेर शपथ गराउनुपर्ने पक्षमा छन्। समाजवादीको उक्त निर्णयले कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीमा पनि मन्त्री फेर्ने दबाब छ।