काठमाडौँ, २२ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशको तीव्र विकासका लागि आवश्यक कार्ययोजना बनाउन सरकार प्रतिवद्ध रहेको बताएका छन्।सुदूरपश्चिमाञ्चल सरोकार मञ्च, नेपालले आइतबार काठमाडौंमा गरेको एक कार्यक्रममा प्रधानमन्त्री देउवाले यसो भनेका हुन्।
उनले मानव संशाधनको विकास र लगानीको सुरक्षा गर्न सके सुदूरपश्चिम प्रदेशलाई मुलुकको सबैभन्दा धनी प्रदेश बनाउन सकिने बताए।
देउवाले भारतसँग महाकाली पारी दोधारा चाँदनीमा सुख्खा बन्दरगाह बनाउने सहमति भएको उल्लेख गर्दै त्यसले पनि सुदूरपश्चिम प्रदेशको विकासमा सघाउने विश्वास व्यक्त गरे।
बन्दरगाहले सिधै भारतको बम्बईसँग सुदूरपश्चिमलाई जोडेर सुदूरपश्चिम प्रदेशको विकासमा महत्वपूर्ण योगदान पुर्याउने उनको भनाइ थियो।
‘सुदूरपश्चिममा ड्राइपोर्ट बनाउने भारत सरकारसँग सहमति भएको छ । महाकाली पारी दोधारा चाँदनीमा ड्राइपोर्ट भएमा सिधै सुदूरपश्चिम प्रदेश भारतको मुम्बईसँग कनेक्ट हुनेछ। मालसामान ल्याउन सकिनेछु, उनले भने, ुयसले त्यहाँको विकासमा सघाउ पुग्ने मैले विश्वास लिएको छु। भौगोलिक विकटता र लगानीको सुरक्षा नभएकाले प्रदेशको विकास नभएको हो। अब लगानीको सुरक्षा हुन सकेमा यो प्रदेशलाई सबैभन्दा धनी बनाउन सकिन्छ।ु पछि परेको यो प्रदेशको तीव्र विकासका लागि आवश्यक कार्ययोजना बनाउन सरकार प्रतिवद्ध छ ।’
प्रधानमन्त्री देउवाले सुदूरपश्चिम प्रदेशको विकासका लागि महाकाली नदी, पश्चिम सेती जलविद्युत परियोजनाको विकासमा विशेष ध्यान दिनुपर्ने जरुरी रहेको बताए।उनले यस प्रदेशको विकासका लागि मानव संशोधनको विकासमा जोड दिनका लागि हातेमालो गरेर अघि बढन पनि सम्बन्धित सबै पक्षसँग आग्रह गरेका छन्।