काठमाडौँ, २२ जेठ । नेकपा माओवादी केन्द्रका पूर्व स्थायी कमिटी सदस्यहरुको बैठक सुरु भएको छ।बैठक प्रचण्ड निवास खुमलटारमा केहीबेर अघि सुरु भएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।
शनिबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक आज बिहान साढे ८ बजेसम्मका लागि सरेको थियो।स्थानीय निर्वाचनपछिको समीक्षा र जनप्रतिनिधिबाट आएका प्रतिक्रियाका बारेमा छलफल गर्न लागिएको हो।
माओवादीले गत बुधबार र बिहीबार राजधानीमा देशभरका आफ्ना जनप्रतिनिधिलाई बोलाएर प्रशिक्षण दिएको थियो। ८ औं महाधिवेशन सकेको माओवादी केन्द्रले १५ सदस्यीय पदाधिकारी टुंग्याउन सकेको छैन।
महासचिवका दाबेदार बढ्दै जाँदा प्रचण्डलाई पदाधिकारी टुंग्याउन सकस परेको छ।