काठमाडौँ, १९ जेठ । आगामी ३ दिनको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।आगामी ३ दिनको मौसमबारे जानकारी दिँदै मौसम विभागले देशका केही पहाडी भागमा आंशिक बदली भई वर्षाको संभावना रहेको भन्दै बाँकी स्थानमा सामान्यतया मौसम सफा रहने बताएको छ।
बिहीबार प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा चट्याङ र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको जनाइएको छ। पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन हुने मौसम तथा पूर्वानुमान महाशाखाले बताएको छ।
यस्तो छ ३ दिनको मौसमबारे जानकारी
–२०७९ जेठ १९ गते (बिहीवार)
दिउँसो : प्रदेश १, मधेश प्रदेश लगायत अन्य प्रदेशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरुमा र बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग र हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।
राती : प्रदेश १, मधेश प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, मधेश प्रदेश का थोरै स्थानहरुमा र अन्य प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग र हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
–२०७९ जेठ २० गते (शुक्रवार)
दिउँसो : प्रदेश १ लगायत देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
राती : प्रदेश १ लगायत देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का थोरै स्थानहरुमा र बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू–भागका एक९दुई स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
२०७९ जेठ २१ गते (शनिवार)
दिउँसो : प्रदेश १ लगायत देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राती : प्रदेश १ लगायत देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का थोरै स्थानहरुमा र बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।