धनगढी, १३ जेठ/गेटा मेडिकल कलेज संचालन गर्नका लागि काँग्रेसका केन्द्रीय सदस्य तथा धनगढीका निबर्तमान मेयर नृपबहादुर वडले प्रधानमन्त्री संग भेटघाट गरेका छन् । गेटा मेडिकल कलेज संचालनका लागि नेता वडले धनगढीको नागरिकका आन्दोलनका बारे जानकारी गराएका हुन् ।
‘मैले प्रधानमन्त्री ज्युलाई भेटेर गेटा मेडिकल कलेजका अबस्थाका बारेमा जानकारी गराएको छु’ केन्द्रीय सदस्य वडले प्रधानमन्त्रीको भनाई उदृत गर्दै भने–‘गेटा मेडिकल कलेजका सम्बन्धम म गम्भीर छु ।’अहिले गेटा मेडिकल कलेजको भौतिक पुर्वाधार निर्माण भएर पर्खाल, बिजुली र पानीको काम भैरहेको छ । नेता वडले भेटका क्रममा प्रधानमन्त्री समक्ष गेटा मेडिकल कलेज छिटो सन्चालन गरिदिन आग्रह समेत गरेका छन् ।
जबाबमा प्रधानमन्त्री देउबाले आगामी संघिय सरकारको बजेट मार्फत कलेज सन्चालन हुने बताएका छन । प्रधानमन्त्री देउबाले जती सक्यो चांडो कलेज सन्चालन गर्ने प्रतिबद्धता समेत जनाएका छन । सुदूरपश्चिम प्रदेशको भविश्य संग जोडिएको मेडिकल कलेजलाई किन छुटाउला प्रधानमन्त्री देउवाले बताएको वडले बताए ।
सरकारको निती तथा कार्यक्रममा गेटा मेडिकल कलेज सन्चालन बारे केही कुरा नआएपछि स्थानिय ले बुधबार देखी बिरोध शुरु गरेका थिए । प्रधानमन्त्री मेडिकल कलेजका बिषयमा सबै पुर्ण जानकार रहेको बताउदै वडले एक बर्ष भित्र कलेज संचलान हुने बतावरण बनाउने बताए ।
भेटघाट गोदाबरी नगरपालिका मेयर बिरेन्द्र भट्टले पनि मेडिकलेज संचलनमा चाडै पहल गर्न अनुरोध गरेका छन् ।