धनगढी, १२ जेठ/ नेपाली कांग्रेस नगर कार्य समिति धनगढीले कार्यपालिका सदस्यका लागि हुने निर्वाचनमा उम्मेदवारीका लागि ८ जनाको नाम सिफारिस गरेको छ ।
धनगढी नगर सभापति यज्ञराज उपाध्यायद्वारा हस्ताक्षरित पत्रानुसार नगर कार्य सम्पादन समितिको जेठ १२ गतेको बैठकको निर्णय अनुसार धनगढी उपमहानगरपालिकाको कार्यपालिका सदस्यका लागि ५ जना निर्वाचित महिलासहित दलित र अल्पसंख्यक गरेर ८ जनाको नाम सिफारिस गरिएको हो ।
सिफारिस गरिएका मध्ये निर्वाचित महिलामा माया भण्डारी, यशोदा भण्डारी, निशा आउजी, सुस्मा चौधरी र विन्दु तामाङ रहेका छन् भने दलित तथा अल्पसंख्यकबाट अनिल भुजनिया, प्रेम बिक र गणेशदेव पार्कीलाई सिफारिस गरि पठाएको छ । धनगढी उपमहानगरपालिकाको कार्यपालिका निर्वाचन जेठ १८ हुने बताइएको छ ।