काठमाडौँ, १२ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रथम महिला डा. आरजु राणालाई लक्षित गरेर प्रधानमन्त्री शेरबहादुर देउवामाथि घोचपेच गरेका छन्।
संघीय संसद् भवन नयाँ बानेश्वरमा जारी प्रतिनिधिसभा बैठकमा सरकारले पेश गरेको वार्षिक नीति तथा कार्यक्रममाथि माग लिँदै उनले प्रधानमन्त्री देउवामाथि घोचपेच गरेका हुन्।
‘संयोगकै कुरा हो डडेल्धुरामा मेडिकल कलेज जाने भएछ। अमरगढी जित्या छ कि छैनरु अमरगढी जितेको भए त ठिकै छ। कुन कुनामा लगेर राख्नुपर्ने हो जित्या छैन भने,’ ओलीले भने, ‘सम्माननीय प्रधानमन्त्रीको आफ्नै वडामा केही जाने भएन किन भने रुखले जितेन कि क्या होरु लोकतन्त्रको हरिविजोग यो भन्दा के हुन्छरु’
उनले डा। राणाले चुनावी प्रचारका क्रममा डडेल्धुरामा दिएको अभिव्यक्तितर्फ व्यंग्य गर्दै प्रधानमन्त्रीको वडामा केही नजाने टिप्पणी गरेका हुन्। प्रधानमन्त्री देउवाको मतदाता नामावली रहेको गन्यापधुरा गाउँपालिका–१ मा नेपाली कांग्रेस पराजित भएको छ।
चुनावी प्रचारका लागि डडेल्धुरा पुगेका बेला प्रथम महिला डा। राणाले कांग्रेसले नजितेका स्थानीय तहमा बजेट नपठाउने विवादास्पद अभिव्यक्ति दिएकी थिइन्।