• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

डोटीमा एमालेलाई निल हुनबाट जोगाएको जोरायल

डोटी,१०जेठ/जिल्लाका सबै स्थानीय तहको मतपरिणाम आइसकेको छ । निर्वाचित जनप्रतिनिधिले पदभारसमेत ग्रहण गरिसकेका छन् । गठबन्धनविनै चुनाव लडेको कांग्रेसले यसपटक जिल्लाका ९ स्थानीय तहमध्ये ७ वटामा प्रमुख(उपप्रमुख दुवै र एउटा पालिकामा उपप्रमुख जितेको छ । अघिल्लो पटक ५ पालिका प्रमुख र ६ उपप्रमुख जितेको एमालेले भने एक पालिका प्रमुखरउपप्रमुखमा चित्त बुझाउनु परेको छ । माओवादी केन्द्रले भने आफ्नो पुरानै हैसियत जोगाएको छ । यसपटक एमालेले डोटीमा आफ्नो हैसियत गुमायो । ०७४ को स्थानीय तहको निर्वाचनमा एमालेले पाँच पालिकाहरु दिपायल सिलगढी नगरपालिका, सायल, आदर्श, पूर्वीचौकी र जोरायल गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष दुवै जितेको थियो ।

बोगटान फुड्सिल गाउँपालिकाको उपाध्यक्षमा पनि एमालेकै जित भएको थियो । यस पटक भने एमालेले विरासत जोगाउन सकेन । जोरायल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा एमालेले पुरानै उम्मेदवार दोहोर्‍याएको थियो । नेकपा एकीकृत समाजवादीका नेता एवं बहानवाला संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेमगरको गृह पालिका समेत रहेको जोरायल पञ्चायत कालदेखिनै कम्युनिष्टको उर्वर भूमि मानिन्छ । तर, यस पटक भने एमालेलाई चुनाव जित्न हम्मेहम्मे भयो । गाउँपालिकाको अध्यक्षमा एमाले उम्मेदवार दुर्गादत्त ओझा प्रतिस्पर्धीसँग झिनो मतान्तरले विजयी भए ।

ओझाले ३४४९ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका दिपककुमार बिष्टले ३४१२ मत ल्याए । एमालेका ओझा जम्मा ३७ मतान्तरले विजयी भए । गत निर्वाचनमा पनि यस गाउँपालिकामा ओझा र बिष्टबीच प्रतिस्पर्धा भएको थियो । त्यतिबेला ओझाले बिष्टलाई ६४६ मतान्तरले पछि पारेका थिए । एमालेले जोरायलमा उपाध्यक्ष पनि जितेको छ । एमाले उम्मेद्वार जमुना बोहरा ३५९९ मत ल्याएर उपाध्यक्षमा पुनः निर्वाचित भएकी छन् । तर, उपाध्यक्षको मतान्तर पनि गत निर्वाचनको भन्दा धेरैले खुम्चिएको छ । गत निर्वाचनमा ९१३ मतको अन्तर रहेकोमा यस पटक कांग्रेसकी चन्द्राकुमारी साउँदलाई जम्मा ८२ मतको मात्रै अन्तर रहेको छ । जोरायलमा माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन थियो ।

आफ्ना मत गठबन्धनले काटेको एमाले कार्यकर्ताहरुको दाबी छ । गत निर्वाचनमा माओवादीका उम्मेदवारले ७४० मत प्राप्त गरेका थिए । यसपटक गठबन्धनका उम्मेदवारले १६५९ मत पाएका छन् । एमालेले जोरायलमा वडा संख्या भने बढाएको छ । ६ वडा रहेको जोरायलमा गत निर्वाचनमा एमालेले तीन र कांग्रेसले तीन वडा जितेको थियो । यस पटक एमालेले कांग्रेसबाट एक वडा खोसेको छ । निर्वाचनअघि एमाले नेता कार्यकर्ताहरुले यसपटक पनि डोटीका पाँच स्थानीय तह जित्ने आकलन गरेका थिए । उनीहरूको आकलन फेल खायो । एमालेको पकड रहेको मानिने दिपायल सिलगढी, आदर्श र सायल तीन वटै पालिका एमालेबाट कांग्रेसले खोसेको छ ।

मङ्गलबार, जेठ १०, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद

Recent Posts

  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.