धनगढी, ९ जेठ/धनगढी उपमहानगरपालिकाकी निर्वाचित उपमेयर कन्दकला राना ०७४ सालको निर्वाचनमा वडा नम्बर ८बाट सदस्य पराजित भएकी थिईन् । २०७४ सालमा वडा सदस्यमा नपत्याएका जनताले २०७९ सालको स्थानीय निर्वाचनमा भने उपमेयरमा निर्वाचित गराए ।
२०७४को निर्वाचनमा काँग्रेसका उम्मेदवार प्रदीप केसी र रामस्वरुप राना थारुसंग पराजित भएकी रानाले आफ्नो वडा नम्बर ८मा पनि एमालेकै वडा अध्यक्ष निर्वाचित गराउन सफल भईन् । कन्दकलाले ०७४ सालको निर्वाचनमा ५७६ मत पाएकी थिइन् । दुई जना वडा सदस्यका लागि ९ जनाको उम्मेदवारी परेकोमा उनी चौथो भएकी थिइन् । अहिले धनगढी उपमहानगरपालिकाको उपमेयरमा एमालेका तर्फबाट कन्दकला राना विजयी भईन् ।
सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार शान्ति अधिकारीलाई पराजित गर्दै उपमेयरमा राना विजयी भएकी हुन् । नवनिर्वाचित रानाले १५ हजार ४७९ प्राप्त गरिन् भने उनकी प्रतिद्वान्द्वी गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी अधिकारीले १२ हजार ६७० मत पाइन् । स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ६ हजार ६०९ मत पाएका थिए ।
२०४० साल जेठ १७ गते धनगढी उपमहानगरपालिका–८ को धनगढी गाउँमा सामान्य परिवारमा उपमेयर रानाको जन्म भएको हो । करीब १७ वर्षदेखि नेकपा एमालेको सक्रिय राजनीति र विभिन्न संघसस्थामा आवद्ध भएर काम गरेको उनले बताएकी छिन् ।२०६२ सालमा धनगढी गाउँको वडा कमिटि सदस्यबाट एमालेको सक्रिय राजनीतिमा प्रवेश गरेकी राना २०६३ सालमा नगर कमिटिको सदस्य भईन् । २०६३ सालमै उनले अखिल नेपाल त्यसपछि निरन्तर सक्रिय राजनीति गर्दै आएकी उनी २०७७ सालमा एमालेको धनगढी नगर कमिटि उपाध्यक्ष भएर पार्टी हाकिसकेकी छन् । उनी २०६८ सालदेखि पार्टीको संगठित सदस्य बनेकी थिइन् । २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा खुला वडा सदस्यकी उम्मेदवार थिइन् ।
यसअघि एमालेको जिल्ला कमिटी सदस्य रहेकी ३८ वर्षीय राना नेपाल राना थारू समाजका केन्द्रीय कोषाध्यक्ष हुन् । यसअघि उनले राना थारू समुदायलाई रानाथारू जातिमा सूचीकृत गर्नुपर्ने भन्दै आवाज उठाउँदै आएकी थिइन् । अहिले उनी अखिल नेपाल महिला संघ कैलालीको जिल्ला कमिटि सहसचिवका रुपमा पनि काम गरिरहेकी छन् भने गत पुसमा सम्पन्न भएको अधिवेशनबाट जिल्ला कमिटि सदस्यमा पनि निर्वाचित भएकी छन् ।
उनी राना नेपाल भारत मैत्री संघको जिल्ला सदस्य, लोकतान्त्रिक आदीवासी जनवर्र्गीय संगठनको केन्द्रीय सदस्य, आदीवासी जनजाती महिला संघको उपाध्यक्ष, नेपाल रानाथारु समाजको केन्द्रीय कोषाध्यक्ष पदमा बसेर काम गरेको अनुुभव पनि बटुलेकी छन् । रानासँग करीब ४ वर्ष शिक्षण गरेको अनुभव पनि छ । रानाथारु समुुदाय त्यसमा पनि महिलाको तर्फबाट प्रतिनिधित्व गर्दैै उपमेयरकी उम्मेदवार बनेकी थिइन् । थारुको बाहुल्य रहेको धनगढीमा गठबन्धनले उक्त समुुदायबाट प्रतिनिधित्व नगराएपछि आलोचना भइरहेका बेला एमालेले धनगढीको उपमेयर पदमा थारु समुदायको समावेशी प्रतिनिधित्व गराउदै कन्दकला रानालाई उम्मेदवार बनाएको थियो । उनले यसपटक धनगढीको उपमेयरमा राना विजयी भएकी हुन् ।