धनगढी, ८ जेठ/कैलालीको धनगढी उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उमेदवार गोपाल हमाल निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेदवार नृपबहादुर वडलाई उनले पराजित गरेका हुन् ।
उपमेयरमा एमालेकी कन्दकला राना निर्वाचित भएकी छिन् । उपमहानगरपालिकाको मतगणना सकिएको छ । निर्वाचनको अन्तिम नतिजाको औपचारिक घोषणा गर्न भने बाँकी छ ।
