धनगढी, ७ जेठ/कञ्चनपुरको कृष्णपुर–४ साहारानगर एक महिलालाई बोक्सीको आरोपमा निर्घात कुटपिट गरिएको छ । (कमला बिक) नाम परिवर्तन महिलालाई आफ्नै देवर गणेश बिकले निर्घात कुटपटि गरेका हुन् ।
महिलाको कुटपिटबाट टाउको र शरिरमा चोटपटक लागेको छ । उनको उपचार धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ । एकल महिला समेत रहेकी बिकलाई माईती देउताको बोक्सी लगाएको भन्दै बिगतका बर्षदेखीनै आफु कुटपिटमा परेको उनको भनाई छ ।
‘घरमा काम गर्दै थिए’ देवर गाली गर्दै थिए एक्कासी बासको भाडले आक्रमण गरेका बिकले बताईन् । आक्रमण पछि आफु बेहोस भएको उनको भनाई छ । पिडित महिलाका दुई छोरी एक छोरा रहेका छन् ।
बोक्सी लगाएको भन्दै उनका देवर गणेशले आफ्नो कुनै प्रगति तथा परिवारिक स्वास्थ्य स्थिती राम्रो नभएको भन्दै कुटपिट झगडा गर्दै आएको पिडित महिलाको आरोप छ । देवर गणेश बिक, देउरानी खगेश्वरी बिक र डिक्रा बिक, सन्तली बिकले सधै देवी देवता लगाएकोले बोक्सी भन्दै यातना दिएको महिला बिकको आरोप छ ।
शुक्रबार ठाडो उजुरीका आधारमा गणेश बिकलाई ईलाका प्रहरी कार्यालय गुलरिया कञ्चनपुरले नियन्त्रणमा लिएको छ । प्रहरी भने बोक्सीको आरोपमा कुटपिट भएको भनेर जाहेरी नआएको एकिन बोक्सी भन्न नसक्ने भन्दै पन्छिन खोजिरहेको छ । यस बिषयमा प्रहरी भने कुनै प्रतिकृया दिन मानेको छैन ।