धनगढी, ४ जेठ/कैलालीको धनगढी उपमहानगरपालिकाको मतगणना २३ हजार २२३ भएको छ । प्राप्त पछिल्लो नतिजा अनुसार स्वतन्त्र उमेदवार गोपाल हमालले १० हजार ८२५ मतका साथ अग्रता कायम राखेका छन् ।
दोस्रो स्थानमा रहेका कांग्रेस उमेदावर तथा निर्वतमान उपमहानगर प्रमुख नृपबहादुर ओडले ५ हजार १६६ मत प्राप्त गरे । यस्तै नेकपा९एमाले० उमेदवार रणबहादुर चन्दले २ हजार ४६२ मत प्राप्त गरेका छन् ।
उपप्रमुखतर्फ माओवादी केन्द्र अगाडि छ । गठबन्धनको सहयोगमा माओवादीका केन्द्रबाट शान्ति अधिकारीले ४ हजार ६८८ मत प्राप्त गरे । एमाले उमेदवार कन्दकला रानाले ४ हजार २४६ मत प्राप्त गर्दा स्वतन्त्र उमेदवार प्रभाकर भण्डारीले २ हजार ६४२ मत प्राप्त गरे ।