धनगढी ४जेठ/डडेल्धुराको परशुराम नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका भरत बडायर जोशी निर्वाचित भएका छन् ।उनी ५,९४१ मतका साथ विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा ९माओवादी केन्द्र०का शेर सिंह माल डायमण्डले ५,८०५ मत ल्याए भने एमालेका केशव बोहराले २,६०६ मत प्राप्त गरे ।
उपप्रमुखमा माओवादीकी विमला महता विजयी भइन् । उनले ५,८८५ मत ल्याइन् । उनकी निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी कलावती बोहराले ४,५९३ मत ल्याइन् । एमालेकी गोमती पन्तले ३,२९६ मत पाइन् ।