धनगढी, २ जेठ/कैलालीको घोडाघोडी नगरपालिका– ११को वडा अध्यक्ष दानसिह जोगी हार्ने सोच बनाएर घर फर्केका ३ मतले बिजयी भएका छन् ।
तिब्र प्रतिशपर्धामा रहेका जोगी आफु जित्न महोल नभएपछि हार स्वीकार्दै घर गएका थिए । पछि फेसबुकबाट बिजयी भएको सुचना पाएपछि उनी पुन मतगणना स्थल गएका थिए । उनी नेपाली कांग्रेसका राजकुमार कठरियालाई ३ मतले पछाडि पार्दै जोगी विजयी भएका हुन् । कठरियाले ६७९ मत पाउँदा जिगिले ६७२ मत पाएका थिए ।
मतगणना सुरु भएदेखि नै कांग्रेस र जसपाबीच टक्कर थियो । अन्तिम मतपरिणाममा काङ्ग्रेसका उम्मेदवार विजयी भएको अपुष्ट खबर सार्वजनिक भयो । मतगणनामा जोगी पनि सहभागी थिए ।
मतगणना सकिँदासम्म काङ्ग्रेसका उम्मेदवार विजयी भएको र आफू झिनो मतान्तरले हारेको भन्दै जोगी घर गइसकेका थिए । यता काङ्ग्रेसका नेता कार्यकर्ताहरु विजय उत्सब मनाउने तयारी गरिरहेका थिए । तर मतपरिमाण घोषणा हुँदा राजपाका जोगी विजयी भएको निर्वाचन अधिकृत भानदेब जोशीले बताए ।
उता पराजित भएको भन्दै घर पुगेका जोगिले सामाजिक संजालबाट आफू निर्वाचित भएको थाहा पाए । ‘म त हारेको भन्दै घर गएको थिएँ । जितेको कुरा फेसबुकबाट थाहा पाएँ’, उत्साहित हुँदै उनले भने, ‘अचम्म मानेर आएँ ।’निर्वाचन समितिले घोषणा भएको तथ्यांक मात्रै आधिकारिक हुने बताएको छ ।