काठमाडौं, १ जेठ । काठमाडौं महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उमेदवार बालेन्द्र साह (बालेन)ले अग्रतालाई बढाएका छन् ।
पछिल्लो मत परिणामानुसार बालेनले तीन हजार ५३२ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा नेकपा (एमाले)का उमेदवार केशव स्थापित छन् । उनले एक हजार ८५६ मत पाएका छन् ।
नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहले एक हजार ६६८ मत ल्याएकी छन् ।बालेन र स्थापितको मतान्तर एक हजार ६७६ छ ।
