धनगढी ३१ बैशाख/डेल्धुराकाको अजयमेरु गाँउपालिकाका एक जना उम्मेदबारले आफैलाई मत हाल्न पाएनन् । उक्त गाँउपालिकाका वडा नम्बर २का एमालेका तर्फबाट वडा सदस्यका उम्मेदबार रहेका राजेन्द्र ऐरले आफैलाई मत हालेनन् ।
वडा सदस्यका उम्मेदबार ऐरको डडेल्धुराको अजयमेरु गाँउपालिका वडा नम्बर २ मा रहेको सहश्रलिङ्ग मावी मतदान केन्द्र रहेको थियो । दिउसो ४ बजे मतदानका क्रममा विवाद भएपछि मतदान स्थगित भएपछि ऐरले आफैलाई मत हाल्नबाट बञ्चि भएको बताए ।
‘भिडभाड थियो सबैलाई क्रम संगै मतदानमा मतदाताहरुलाई मिलाएर आफु हाल्ल्ने भनि अरु चाजोपाजो मिलाउदै गर्दा मतदाननै रोकियो’ सदस्यका उम्मेदबार ऐरले भने–‘आफै मतदानबाट बञ्चित भए ।’ उनी २०६९ साल देखी सशसस्त्र प्रहरीको जागिरे हुदा मताधिकार प्रयो गर्न पाएको थिएन उनले भने । स्वएच्छिक अबकास पछि होटल व्यबसाय संग राजनीतिमा थिए अहिले आएर मत हाल्न पनि भएन उनले भने ।
उक्त मदातन केन्द्रमा भारतमा रहेका व्यक्तिको नामबाट अर्कैले मत दिन खोजेपछि विवाद भएको थियो । ववादको क्रममा माहोल शान्त पार्न प्रहरीले तिन रावण्ड हावाई फाएर समेत गरेको थियो ।
वडा नम्बर दुई भित्र जम्मा मतदाता संख्या २९ सय दश रहेको मा विवाद हुनु पूर्व सम्म १८ सय चालीस मात्रै मत खसेका थिए ।
विवाद उत्पन्न भए पछि मतदान स्थगित हुदा नेकपा एमालेबाट वडा सदस्य पदका उम्मेदवार राजेन्द्र ऐरले पनि भोट हाल्न नपाएको र धेरै मतदाताले मतहाल्न नपाएको उम्मेदवार ऐरले बताएका छन् ।
स्थगित भएपछि सर्बदलिय बैठकबाट खसेका मतमात्रै गठना सहमति भएपछि गठना सुरु भएको छ ।