धनगढी, ९ कार्तिक- धनगढीको लिटिल फ्लावर स्कुल कैलालीको बर्दगोरिया गाउँपालिका–४ मुडा बजारमा भएको बाल बाटिका क्रिकेट लिग २०७६ को च्याम्पीयन भएको छ ।
आयोजक नव बालबाटिका स्कुलमाथि ४२ रनको फराकिलो जित दर्ता गर्दै लिटिल फ्लावर पहिलो संस्करणको च्याम्पीयन बनेको हो । विद्यालय तहको सुदुरपश्चिम प्रदेश स्तरीय क्रिकेट प्रतियोगिताको उपाधिसँगै लिटिल फ्लावरले नगद १ लाख एक हजार सहित ट्रफी मेडल र प्रमाणपत्र पाएको छ । उपविजेता बनेको आयोजक नव वालवाटिकाले नगद ५१ हजार नगद सहित ट्रफी मेडल र प्रमाणपत्र पाएको छ ।
सुदूरपश्चिम प्रदेशमा विद्यालय क्रिकेटलाई मजबुत बनाउने उद्देश्यले आयोजना गरिएको वाल वाटिका क्रिकेट लिगको फाईनलमा टस जितेर पहिले ब्याटिङ गरेको लिटिल फ्लावरले २० ओभरमा सवै विकेट बनाउँदै ११० रन बनायो । लिटिल फ्लावरका लागि नरेन भट्टले २० रन र अनुराग सिंहले १५ रन बनाए ।
वालवाटिकाका लागि बसन्त ठाकुरले चार र पारस भुलले तीन विकेट लिए ।
१११ रनको विजय लक्ष्य पछ्याएको वालवाटिका १७ दशमलव ३ ओभरमा ६८ सनमा समेटियो । वालवाटिकाका लागि नरेन्द्र साउँद वाहेक अरु खेलाडीले दोहोरो रन अंक छुन सकेनन् । आयोजकको टीमलाई सस्तैमा समेट्ने क्रममा लिटिल फ्लावरका लागि दिपक रोकायाले ५ विकेट लिए । प्रकाश वडुले तीन विकेट थपे । आफ्नो टीमलाई उपाधि जिताउन महत्वपुर्ण भसमिका खेलेका लिटिल फ्लावरका दिपक रोकाय म्यान अफ द म्याच भए । उनले ट्रफी सहित नगद ३ हजार पाए ।
यस्तै प्रतियोगितामा आरएमई स्कुल टीकापुरका अभिषेक खत्री उत्कृष्ट खेलाडी घोषित भए । उनले नगद १० हजार सहित ट्रफी पाए । वालवालिटका क्रिकेट लिगमा लिटिल फ्लावरका नरेन भट्ट उत्कृष्ट व्याट्सम्यान लिटिल फ्लावरकै प्रकाश वुढा उत्कृष्ट बलर र आयोजक नव वालवालिका स्कुलका लालवहादुर विके घोषित भए । उनीहरुले नगद ५ हजार सहित ट्रफी पाए । प्रतियोगितामा आरएमई स्कुल टीकापुरका विपिन साउँदले सवैभन्दा वढी ५ वटा छक्का प्रहार गरे । उनले नगद दुई हजार ५ सय सहित ट्रफी पाए ।
असोज २६ गतेदेखि आजसम्म सञ्चालन भएको प्रतियोगिताका विजयी खेलाडीहरुलाई एक कार्यक्रम गरी पुरस्कार वितरण गरिएको छ । नव वालवाटिकाका संस्थापक देवबहादुर मल्लको अध्यक्षतामा भएको समापन समारोहका प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका अध्यक्ष बलीराम थारु डगौरा रहेका थिए । नव वालवाटिकाका संस्थापक तथा प्रतियोगिताका संयोजक प्रमोद मल्लले स्वागत गरेको समापन कार्यक्रममा बर्दगोरिया गाउँपालिकाकी उपाध्यक्ष बर्दगोरिया गाउँपालिकाकी उपाध्यक्ष भगवती चौधरी, बर्दगोरिया गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष जयरुप खतिवडा र संस्कार क्रिकेट एकेडेमीका अध्यक्ष रामचन्द्र शाही लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
झण्डै ८ लाख खर्च भएको प्रतियोगिताको दोस्रो संस्करणमा पुरस्कार राशी दोब्बर घोषणा गरिएको छ । नकआउट आधारमा हुने वालवाटिका क्रिकेट लिगको दोस्रो संस्करणको विजेताले दुई लाख २१ हजार र उपविजेताले एक लाख दुई हजार लिने घोषणा गरिएको छ । त्यस्तै विधागत पुरस्कार राशी पनि वृद्धि गर्ने प्रतियोगिताका संयोजक प्रमोद मल्लले जानकारी दिए । वौनियाको नव वालवाटिका स्कुलको आयोजनामा भएको प्रतियोगितामा कैलाली कञ्चनपुरका १६ वटा विद्यालयको सहभागीता रहेको थियो ।








