काठमाडौं,१९ वैशाख । सुनको मूल्य सोमबार पनि घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार २ सय मा झरेको छ ।
आइतबार ९९ हजार प्रतितोलामा कारोबार भएको थियो । सोमबार चाँदीको मूल्यमासमेत केही गिरावट आएको छ ।चाँदीको मूल्य सोमबार प्रतितोला १२९० मा कारोबार भइरहेको छ । यस्तो मूल्य आइतबार १३०० रुपैयाँ प्रतितोला रहेको थियो ।