रौतहट । बम विस्फोटका घाइतेलाई इँट्टा भट्टामा हालेर पोलेर मारेको अभियोगमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई थप पाँच दिन हिरासतमा राखिने भएको छ । थप पाँच दिन हिरासतमा बस्ने भएका छन् ।
जिल्ला अदालत रौतहटले उनलाई अनुसन्धान नसकिएको हुँदा पाँच दिन पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । २०६४ सालको निर्वाचनका समयमा भएको सो हत्याकाण्डमा आलमलाई पक्राउ गरी अदालत पेस गर्न सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले पत्राचार गरेपछि आलम पक्राउ परेका हुन् । २५ असोजमा राजपुरबाट पक्राउ परेका आलममाथि कर्तव्य ज्यान मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको छ ।