• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

आयुर्वेदिक औषधि व्यवसायी संघ सुदूरपश्चिमको अध्यक्षमा गौतम

धनगढी :

नेपाल आयुर्वेदिक औषधी व्यवसायी संघ सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षमा दीपक गौतम चयन भएका छन्।

प्रथम सुदूरपश्चिम प्रादेशिक अधिवेशन समारोहबाट गौतमको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति चयन गरिएको हो। उपाध्यक्षमा महेशकुमार खड्का, महिला उपाध्यक्षमा मेनुका मिश्र, सचिवमा नवराज खनाल, सहसचिवमा लौटन डंगौरा, कोषाध्यक्षमा डम्बरी पनेरु रहेका छन्।

हरिद्वारी कठरिया, हेमा महरा, जगदीश जोशी, तीर्थराज कलौनी, दिनेशकुमार खडका, बसन्तबहादुर धामी र विनोद बन्जाडे सदस्यमा चयन भएका छन्।

शनिबार भएको प्रथम अधिवेशनको सुदूरपश्चिम प्रदेश संसदीय उपसमिति सामाजिक विकास समितिका सभापति कुन्ति जोशीले उद्घाटन गरेकी थिइन्। सो अवसरमा बोल्दै उनले आयुर्वेदिक व्यवसायीले इमान्दार भएर गुणस्तरीय औषधी बिक्री वितरण गर्नमा ध्यान दिनुपर्ने सुझाव दिइन्।

उनले आम नागरिकमा आयुर्वेदिक औषधिप्रति विश्वास जगाउन जरुरी रहेको बताइन्। प्रदेश सरकारले आयुर्वेद्धिक सेवालाई विस्तार गर्न आवश्यक कानुन, नीति निर्माण गरिरहेको उनको भनाइ छ।

‘प्रदेशमा चिकित्सा शिक्षालाई अगाडि बढाउन प्रदेश सभाबाट सुदूरपश्चिम आयुर्वेद प्रतिष्ठान स्थापना र संचालन सम्बन्धी विधेयक पारित गरिसकेका छौं,’उनले भनिन्, ‘विधेयकमा भएका नियम, उपनियमको सबैले अपनत्व हुने गरेर कार्यान्वयन गर्नुपर्छ।’

नेपाल आयुर्वेदिक औषधि व्यवसायी संघका केन्द्रीय अध्यक्ष जंगराज गिरीले आयुर्वेदिक औषधि व्यवसायीको संगठन नहुँदा व्यवसायीमा देखिएका समस्या, विकृति हट्न नसकेको बताए। उनले नेपालमा झन्डै चार हजार बराबर आयुर्वेदिक औषधी व्यवसायी भए पनि थोक व्यवसायी न्यून रहेको बताए।

‘पहिला व्यवसायीबीच एकता गराउँछौं। व्यवसायीभित्र भएका विकृति तथा विसंगतिको पहिचान गरी त्यसको अन्त्य र राज्यले व्यवसायीका लागि ल्याउनुपर्ने नीतिमा पहल गर्ने यस कार्यसमितिको उद्देश्य रहेको छ,’ उनले भने।

धनगढी उपमहानगरपालिका-३ का वडा अध्यक्ष बलबहादुर ऐरले जडिबुटीको पहिचान, उत्पादन तथा प्रयोगमा जोड दिइनुपर्ने सुझाव दिए।

सामाजिक विकास मन्त्रालय आयुर्वेद्धिक महाशाखा प्रमुख डाक्टर चेतराज जोशीले ईर्मेजेन्सी तथा अप्रेसनबाहेकका अन्य रोगहरुमा आयुर्वेद्धिक औषधीको प्रयोग गरेर नियन्त्रण गर्न सकिने बताए।

आइतबार, कार्तिक ०३, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल

Recent Posts

  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.