टीकापुर, २७ चैत/सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री डाक्टर रणबहादुर रावललाई ईलाका प्रहरी कार्यालय टीकापुरले स्वागत सहित सम्मान गरेकाे छ ।
पदभार ग्रहणपछि पहिलाे पटक गृहनगर पुग्नुभएका मन्त्री डाक्टर रणबहादुर रावललाई ईलाका प्रहरी कार्यालय टीकापुरले स्वागतसहित सम्मान गरेकाे हाे ।
ईलाका प्रहरी कार्यालय टीकापुरमा भएकाे कार्यक्रममा मन्त्री डाक्टर रावलले कैलालीका प्रहरी प्रमुख र ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी प्रमुखसंग टीकापुर र समग्र कैलाली जिल्लाकाे शान्ति सुरक्षाबारे जिज्ञासा राखेका थिए ।
कैलालीका प्रहरी प्रमुख विश्व अधिकारीले कैलालीकाे शान्ति सुरक्षाकाे अवस्था सुध्रिद हुदै गएकाे बताए । उनले विभिन्न समस्या र अभावकाबिच पनि कैलाली प्रहरीले सुरक्षा दिइरहेकाे बताए ।
ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले टीकापुरका केही क्षेत्रमा प्रहरी बिट राख्नुपर्ने बताए । उनले गस्ति बढाउन गाडीको व्यवस्थामा गरिदिन आग्रह गरे ।
