धनगढी, २५ चैत/सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट प्रदेश सरकार फेरवदलका लागि प्रदेश प्रमुखको निवासमा पुगेका छन् । सुदूरपश्चिम प्रदेशका गठबन्धन दलका संसदहरुको छलफल पछि मुख्यमन्त्री भट्ट प्रदेश प्रमख देवराज जोशीलाई ब्रिफिङ्ग गर्न प्रदेश प्रमख निवासमा पुगेका छन् ।
काँग्रेसबाट डा रणबहादुर रावल, गोबिन्द बोहरा र राज्यमन्त्रीमा टेकबहादुर रैक राज्यमन्त्रीमा बन्ने भएको स्रोतले जनाएको छ ।प्रदेश प्रमख र मुख्यमन्त्री बिच छलफल चलिरहेको बताएको छ । काँग्रेसलाई पनि सरकारमा सहभागि गराउने र अहिले ८ बजे सम्म सफथ ग्रहण गराउने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।