काठमाडौँ, २५ चैत । नेपाल बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरे विजयी भएका छन्।शुक्रबार अपरान्ह सकिएको मतगणना अनुसार घिमिरे नेतृत्वको सत्ता गठबन्धनको प्यानलै विजयी भएको छ।
अध्यक्षमा विजयी घिमिरे ४ हजार ४७४ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी वरिष्ठ अधिवक्ता विष्णु मणि अधिकारीले २ हजार चार सय ८२ मत ल्याएका छन्।
यस्तै, उपाध्यक्षमा प्रदेश १ बाट अधिवक्ता सुरज खत्री, मधेश प्रदेशबाट अधिवक्ता सुधीर कुमार कर्ण, बागमतीबाट हर्कबहादुर रावल, गण्डकीबाट वीरेन्द्र केसी, लुम्बिनीबाट पशुपति भण्डारी, कर्णालीबाट उत्तम प्रसाद आचार्य र सुदूपश्चिमबाट तुलाराम गिरि विजयी भएका छन्।यस्तै, महिला उपाध्यक्षमा आशा राई र महासचिवमा अधिवक्ता अन्जिता खनाल विजयी भएका छन्।