काठमाडौं, १८ चैत । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिइएको छ ।कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भारत भ्रमणको क्रममा आज त्यसतर्फ प्रस्थान गरेकाले पार्टीको विधानबमोजिम खड्कालाई कार्यवाहक तोकिएको हो ।
पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा ९१३० बमोजिम देउवाले आफू स्वदेश नफर्कुञ्जेलसम्मका लागि उपसभापति खड्कालाई कार्यवाहक सभापति तोकेको कांग्रेसले विज्ञप्ति निकालेर जनाएको छ ।