दाङ, ३० असोज : हातहतियार र विष्फोटक पदार्थसहित नेत्र विक्रम चन्द ुविप्लवु नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका २१ कार्यकर्ता पक्राउ परेका छन् । उनीहरूलाई गएराति २ बजेतीर दाङ जिल्लाको नेपाल(भारत सिमामा पर्ने राजपुर गाउँपालिकाको वडा नम्बर ४ मा रहेको जंगलबाट पक्राउ गरिएको दाङ प्रहरीका प्रवक्ता विनोदविक्रम शाहले सेतोपाटीलाई बताएका छन् ।
पक्राउ परेकाहरूबाट उल्लेख्य परिमाणमा हातहतियार तथा विस्फोटक पदार्थ फेला परेको प्रहरीको भनाइ छ । प्रवक्ता शाहका अनुसार पक्राउ परेकाहरूलाई सदरमुकाम लगिएको छ । पक्राउ परेकाहरू सो पार्टीका कुन तहका कार्यकर्ता हुन भन्नेबारेमा अनुसन्धान जारी रहेको उनले बताए ।