धनगढी, ४ फागुन/सशस्त्र प्रहरीले दुईबटा चोरीका मोटरसाईकल बरामद गरेका छन् । सशस्त्र प्रहरी बलको ३४ नम्बर गणबाट खटिएको टोली रोयल ईन्फेन्ड बुलेट र अपाची आरटीआर मोटरसाईकल बराम गरेको हो ।
कैलाली ९ गदरियामा लुकाएको अबस्थामा अपाची आरटीआर र रोयल ईन्फेन्ड बुलेट मोटरसाईकल पक्राउ गरेको सशस्त्र प्रहरी बलको ३४ नम्बर गणबाट खटिएको टोलीले दिएको छ ।। बरामद गरेका दुबै मोटरसाईकल जिल्ला भन्सार कार्यालय बुझाएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।