काठमाडौँ, ४ फाल्गुन । प्रतिनिधिसभाको बैठक संसद भवन नयाँ बानेश्वरमा सुरु भएको छ। केही बेरअघि सुरु भएको संसद बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले नाराबाजीलाई निरन्तरता दिएको छ।
सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्नेबित्तिकै एमाले सांसदहरु आफ्नो स्थानबाट उठेर वेल घेराउ गर्दै नाराबाजीमा उत्रिएका हुन्। उनीहरुले गैर सांसदहरुलाई निषेध गर, संवैधानिक सर्वोच्चता कायम गर, संसदमा भेदभावपूर्ण व्यवहार बन्द गर जस्ता नारा लगाइरहेका छन्।