धनगढी,२७ माघ । धनगढी उपमहानगरपालिकालाई १० लाख बढी मूल्य बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । कोभिड–१९ बाट प्रभावित समुदायहरुको लागि पुनरोत्थान परियोजना अन्तर्गत स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।
धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडलाई उपमहानगरपालिकामा एक कार्यक्रमको आयोजना गरी स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।
लुथरन विश्व रिलिफको सहयोगमा ब्याकवार्ड सोसाइटी एजुकेशनको सहकार्यमा ऐन्टीजेन किट, भिटिएम, पिपिई, सर्जिकल मास्क, इग्जामनेशन ग्लोब्स, हेण्ड सेनेटाईजर लगायत १० लाख ५ हजार २२ रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।