धनगढी, २६ माघ । सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ का ७४ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार यही माघ १९ गतेदेखि अस्पतालको आईसीयूमा राखेर उनको उपचार भइरहेको थियो।