धनगढी, २४ माघ/कैलालीमा वन कर्मचारीलाई मोसो दल्ने ‘बिप्लव’ कार्यकर्ता पक्राउ परेका छन् । कर्मचारीलाई कालो मोसो दलेको आरोपमा कैलारी गाउँपालिकाबाट मंगलबार बिहान ५ बजे ती व्यक्ति पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीले उनको नाम भने सार्वजनिक गरेको छैन।
उनी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता रहेको बताईएको छ । उनलाई कैलालीको पचमुडिया सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत विश्वराज पण्डितलाई मोसो दलेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
आफूहरु विप्लवको कार्यकर्ता भन्दै यहि माघ १७ गते पण्डितलाई कालोमोसो दलिएको थियो। उनीहरुले चन्दा आतंकको विरोध गरेको भन्दै एक्कासी दुव्र्यवहार गरेको पण्डितले बताएका थिए। उक्त सव डिभिजनअन्तर्गत पर्ने कैलालीका सामुदायिक वनमा विप्लवका कार्यकर्ताले चन्दा असुली गर्दै आएका छन्।
