धनगढी, २० माघ/सरकारले मुल्यबृद्धी गरेको बिरोधमा अनेरास्ववियु कैलालीले शुक्रबार सरकारी नम्बरका प्लेटका सवारी साधनलाई चल्न नदिने भएका छन् । उनीहरुले देशभरको बिरोध कार्यक्रमलाई कैलालीका बिद्यार्थीहरु पनि आन्दोलनमा उत्रेका हुन् ।
पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि, भ्रष्टाचारका विरुद्ध चरणबद्ध रुपको आन्दोलनमा अन्तरगत शुक्रबार सरकारी नम्बर प्लेटका सवारी साधन चल्न नदिने अनेरास्ववियु कैलालीका अध्यक्ष किशोर शाहले जानकारी दिए । पेट्रोलियम पदार्थको मुल्य बिरोधमा जिल्ला भरमा सरकार िसवारी साधन चलेमा अबरोध गर्ने अध्यक्ष शाहले जानकारी दिएका छन् ।