धनगढी, ११ माघ/नेपाली काँग्रेसले कोभिड संक्रमण नियन्त्रण गर्न माग गर्दै जोरायल गाउपालिकालाई ८ बुदे ज्ञापन पत्र बुझाएको छ ।मंगलबार नेपाली काँग्रेस डोटीको प्रदेस ‘ख’ कार्यसमितिका उपसभापति किरण मल्लको नेतृत्वको टोलीले जोरायल गाउपालिका कार्यकारी अधिकृत केशबसिह ठगुन्ना र कार्यबहाक अध्यक्ष केशब नेपालीलाई बुझाएको हो ।
गाँउपालिका क्षेत्रमा संक्रमण रोक्न स्वास्थ्य सुरक्षाको मापदण्ड पुर्णरुपमा पालना गराउने, प्रत्यक नागरिकलाई वडामै खोपको व्यबस्था मिलाउनु पर्ने, बिदेशबाट पर्केका तथा संक्रमित जनताका लागि सुबिधा सम्पन्न अस्थाई आईसोलेसन बनाउनुपर्ने, प्रत्यक वडाका स्वास्थ्य चौकीमा सामग्री पठाउनुपर्ने, गाँउ टोलमा नयाँ भेरीयन्ट रोक्न स्वास्थ्यकर्मी पठाई जनचेताना मुलक कार्यक्रम चलाउनुपर्ने, खटिएका स्वास्थ्यकर्मीलाई आवश्यक्ता अनुसार सेवा सुविधा दिनुपर्ने, संक्रमितका लागि निशुल्क एम्बुलेन्स सेवा दिनुपर्ने, संक्रमतिहरुलाई पिसिआर र एन्टिजेन परिक्षणको मात्रा बढाई आईसुलेट गरी क्वारेन्टाई बसाउने माग राखेको छन् ।
जोरायल गाँउपालिकालाई कोभिड संक्रमण नियन्त्रण गर्न गम्भीर हुन ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराएको उपसभापति किरण मल्लले जानकारी दिए । काँग्रेस जनताका स्वास्थ्य सुरक्षामा गम्भीर भएको बताउदै सधै जनताका पक्षमा राज्यपक्षलाई दाबाब दिन ज्ञापनपत्र बुझाएको जोरायल गाँउपालिका तरुण दल अध्यक्ष समेत रहेका मल्लले बताए ।