• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

डोटीमा एकीकृत समाजवादीको जिल्ला कमिटी घोषणा

डोटी, १२ असोज । नेकपा (एमाले) बाट दल विभाजन गरी माधवकुमार नेपाल नेतृत्वमा गठन भएको नेकपा (एकीकृत समाजवादी) को डोटी जिल्ला कमिटी घोषणा गरिएको छ। एकीकृत समाजवादीले पूर्वीचौकी गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीको संयोजकत्वमा सोमबार १०५ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको हो।

जिल्ला सदरमुकाम सिलगढीमा रहेको दिपायल सिलगढी नगरपालिकाको सभाहलमा कार्यक्रम आयोजना गरी सो पार्टीका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीको प्रमुख आतिथ्यतामा डोटी जिल्ला कमिटी घोषणा गरिएको हो।

दीर्घराज बोगटी नेकपा (एमाले) मा हुँदा र तत्कालीन (नेकपा) हुँदा जिल्ला कमिटी सचिवालय सदस्य थिए। बोगटी नेकपा एमालेबाटै विसं २०७४ को स्थानीय तह निर्वाचनमा डोटीको पूर्वीचौकी गाउँपालिकामा निर्वाचित अध्यक्ष हुन्।

यसैगरी उक्त पार्टीले जानकी भट्टको संयोजकत्वमा ३७ सदस्यीय जनवर्गीय सङ्गठन अखिल नेपाल महिला सङ्गठनको जिल्ला कमिटी पनि गठन गरेको छ भने, महेन्द्र कुँवरको संयोजकत्वमा ४१ सदस्यीय राष्ट्रिय युवक सङ्गठनको जिल्ला कमिटी पनि गठन गरिएको एकीकृत समाजवादीका जिल्ला कमिटी सदस्य तथा पूर्वसांसद मोहनबहादुर बमले जानकारी दिए।

डोटीमा एमालेबाट प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री प्रेमबहादुर आले, संविधानसभा सदस्य तथा सभासद हर्कबहादुर सिंह, पूर्वसांसद मोहन बम, सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री जोशी, दिपायल सिलगढी नगरपालिकाका उपप्रमुख शिजराज खड्कालगायत जनप्रतिनिधि एवं नेता एमाले छाडेर एकीकृत समाजवादी पार्टीमा लागेका छन्। रासस

मङ्गलबार, असोज १२, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु

Recent Posts

  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.