धनगढी, ३ असोज । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अमेरिकी परियोजना एमसिसीले प्रायोजित रूपमा प्रचार अभियान चलाउन थालेको बताएका छन्।
एमसिसीविरुद्ध कडा रूपले प्रतिवाद गर्दै आएका उपाध्यक्ष रावलले ट्वीटरमा लेखेका छन्, ‘नेपालको राष्ट्रिय हित र स्वाधीनता विपरीतका प्रावधान रहेको एमसिसीसँगको सम्झौताको पक्षमा प्रायोजित रूपमा एमसिसीले प्रचार अभियान चलाउने भनी केही दिनअघि संचारमाध्याममा आएको थियो। त्यो सत्य रहेछ।’
एमसिसी नेपालको राष्ट्रिय हित र स्वाधीनता विपरीतका प्रावधान रहेको उनले दाबी गरेका छन्। ‘एमसिसीको गुणगानमा प्रायोजित सामग्रीहरू संचार जगतमा देखिन थालेका छन्। देशभक्त नेपालीहरू सचेत बनौँ’ उनको भनाइ छ।
