धनगढी, २८ भाद्र/नेपाली कांग्रेस डडेलधुराको वडा अधिवेशनबाट आरजु राणा देउवा क्षेत्रीय प्रतिनिधि भएकी छन् । यसपटक क्रियाशिल सदस्य बनेका प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र आरजुका एकमात्र सन्तान जयवीर देउवा भने प्रतिनिधि बनेका छैनन् ।
प्रधानमन्त्री देउवा भने सभापति भएकोले स्वतह महाधिवेशन प्रतिनिधि हुने नियमावली भएकोले प्रतिनिधीमा नाम नआएको हो ।आरजु भने गन्यापधुरा गाउँपालिका वडा नम्बर १ बाट क्षेत्रीय प्रतिनिधि बनेकी छन् आरजु ०७४ सालको प्रतिनिधि सभा सदस्यको चुनाव भने कैलाली क्षेत्र नम्बर ५ बाट लडेकी थिइन । उनले आगामी चुनाव पनि कैलालीबाटै लड्ने गरेर तयारी गरिरहेकी छन् ।
भदौ २५ गते भएको वडा अधिवेशनमा जयवीरले उम्मेदवारी नै दिएनन् । प्रधानमन्त्री देउवाको पनि सोही वडामा क्रियाशिल सदस्यता छ ।
