धनगढी, २६ भदौ ।
बैतडी र दार्चुलामा भुकम्पको धक्का महसुस गरिएको छ ।
शनिबार बिहान ६ बजेर १३ मिनेटमा यहाँ ५ दशमलव ३ रेक्टर स्केलको भुकम्पको धक्का महसुस गरिएको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख तीर्थराज दाहालले बताए ।
उनका अनुसार अनुसार उक्त भूकम्पको केन्द्रबिन्दु भारतको उत्तराखण्ड प्रदेशको उत्तराकाशी क्षेत्र आसपास रहेको छ । भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ ।
