कञ्चनपुर, २२ भदौ । कञ्चनपुरमा स्थानीय तहका ५१ जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेको छन्। मंगलबार अन्तिम दिनसम्ममा ५१ जनप्रतिनिधिले समाजवादी रोजेको निर्वाचन कार्यालय कञ्चनपुरले जनाएको छ।
निर्वाचन कार्यालय कञ्चनपुरका अनुसार पुनर्वास नगरपालिकाका मेयर जीवन थापासहित ११ वडाध्यक्ष र ३९ जना सदस्यले समाजवादी पार्टीमा सनाखत गरेका छन्।
यस्तै नेकपा (एस) मा सनाखत गरेका ३ जनप्रतिनिधिले सनाखत फिर्ता लिने भन्दै निवेदन दिएका छन्।
कृष्णपुर नगरपालिका–३ का वडाध्यक्ष सुरेन्द्र चौधरी, ९ का वडाध्यक्ष छत्र बहादुर महरा र वडा सदस्य हजरसिंह कुवँरले सनाखत फिर्ता लिन आयोगमा निवेदन दिएको हुन्।