धनगढी, २० भदौ । सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी एमालेभन्दा ठूलो दल बनेको छ। सुदूरपश्चिम प्रदेशका १३ जना एमाले सांसदले एकीकृत समाजवादीमा सनाखत गरेसँगै एमालेभन्दा ठूलो दल बनेको हो।
आइतबार थप तीन सांसदले एकीकृत समाजवादी रोजेपछि एमाले एकीकृत समाजवादी भन्दा सानो दल भएको हो। यस अघि १० जना प्रदेश सांसदले नेकपा एमाले पार्टी छाड्दै नवगठित नेकपा एकीकृत समाजवादी पार्टी रोजेका थिए ।
अब सुदूरपश्चिम प्रदेशसभामा एमालेका सभामुखसहित १२ र एकीकृत समाजवादीका १३ सांसद भएका छन्।
यी हुन् नेकपा एकीकृत समाजवादी पार्टी रोज्ने प्रदेश सांसद
- पूर्णा जोशी
- लालबहादुर खड्का
- चुनकुमारी चौधरी
- मना साउँद
- माया भट्ट
- बलबहादुर सोडारी
- अम्मर साउँद
- कुलबिर चौधरी
- सुशिला बूढाथोकी
- दुर्गा कामी
- तारालामा तामाङ
- दीर्घ सोडारी
- प्रकाश रावल
