धनगढी,२० भदौ । माधव नेपाल नेतृत्वको नेकपा ९एकीकृत समाजवादी० पार्टीलाई नेकपा एमाले सुदूरपश्चिमका थप तीन सासंदले साथ दिएका छन्। आइतबार नेकपा एमाले परित्याग गरेर माधव नेपाल नेतृत्वको नेकपा ९एकीकृत समाजवादी० पार्टीमा तीन जनाले सनाखत गरेका हुन् ।
पूर्व एमाले प्रमुख सचेतक तारालामा तामाङ, भौतिक पूर्वाधारमन्त्री दीर्घ सोडारी र पुर्व उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावल गर्ने तयारीमा छन् । यो सगै नेकपा एसमा सनाखत गर्नेको संख्या १३ पुगेको छ ।
यस अघि सुदूरपश्चिम प्रदेश सरकारकी आन्तरिक मामिला तथा कानुनमन्त्री रहेकी पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, भौतिक पूर्वाधार राज्यमन्त्री चुनकुमारी चौधरी, सामाजिक विकास राज्यमन्त्री मना साउँद, पूर्व उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्ट, सांसदहरू बलबहादुर सोडारी,अम्मर साउँद,कुलबिर चौधरी, सुशिला बूढाथोकी र एमाले प्रमुख सचेतक दुर्गा कामीले नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत गरेका गरेका थिए । निर्वाचन आयोगले एमालेबाट निर्वाचित प्रदेश सभा र स्थानीय जनप्रतिनिधिहरुलाई एमाले वा एकीकृत समाजवादी रोज्न भदौ २२ गतेसम्मको समय दिएको छ ।