सरस्वती साफरी
धनगढी,१८ भाद्र/धनगढी उपमहानगरपालिका वडा नं ६ ग्रामिण क्षेत्र नजरीया, बेला, दोघरा र विजुलीया लगायतका टोलहरुमा कालोपत्रे भए पछि स्थानीयहरु खुशी भएका छन् । वडा नम्बर ६ का अधिकांश सडक कालोपत्रे भईसकेका छन् भने केही कालोपत्रे हुने क्रममा छन् ।
‘पहिले बाटोमा हिड्न धेरै अप्ठयारो भएको थियो’ अहिले सडक कालोपत्रे हुदा सहज भएको छ’ धनगढी ६ नजरियाकी भागरथी मल्ले भनिन्–‘अब सडक नालीको आवश्कता भएको छ ।’ धनगढी बजार देखी वडा नम्बर ६ नजरिया सम्म जोड्ने सडक करिव ५ किलोमीटर कालोपत्रे भएको छ । पहिला सडक राम्रो नहुदा धेरै समस्या भएको थियो तर बाटो कालोपत्रे भएपछि हिडडुल गर्न निकै सहज भएको स्थानीय मल्लले बताईन ।
सडक कालोपत्रे भएपछि गाँउमा व्यापार तथा चहलपहल पनि बढेर व्यवसाय फस्टाएको धनगढी ६ नजरीयाका स्थानीय व्यापारी गोपाल जोशीले बताए । अहिले औषधी उपचारका लागि पनि बजार जान सजिलो भएको स्थानीयबासी बताउछन् ।
वडा नम्बर ६ मा १ सय ९० सडक छन् जसमा अधिकाश कालोपत्रे भईसकेका छन् भने केही सडकहरु निमार्णका प्रक्रिमा रहेको धनगढी उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष भागिराम चौधरीले बताए । नयाँ सडकमा ग्राभिल हाल्ने कार्य भैरहेको वडाअध्यक्ष चौधरीले बताए ।