धनगढी, १३ भदौ । राष्ट्रिय युवा संघ नेपाल कैलालीका स्थानीय तहका संयोजक र सह संयोजकले आज शपथ ग्रहण गरेका छन् । अत्तरियामा युवा संघ कैलालीले आयोजना गरेको युवा भेला प्रशिक्षण तथा शपथ ग्रहण कार्यक्रममा जिल्लाका १३ वटै स्थानीय तहका संयोजक र सह संयोजकले सपथ लिएका हुन् ।
युवा संघ कैलालीका अध्यक्ष गणेश महराको अध्यक्षतामा भएको कार्यक्रममा युवा संघका केन्द्रीय उपाध्यक्ष तथा सुदूरपश्चिम इन्चार्ज गजेन्द्र शाहीको उपस्थिति रहेको थियो ।
त्यस्तै कार्यक्रममा एमाले कैलालीका अध्यक्ष रतन थापा, उपाध्यक्ष रण बहादुर चन्द, युवा संघका स्थायी कमिटी सदस्य विनय शाह, एमाले गोदावरी नगर अध्यक्ष गोकर्ण भट्ट, युवा सङ्घ सुदूरपश्चिम संयोजक प्रकाश जोशी लगायत जिल्लाका युवा नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा युवा सङ्घका गतिविधिहरू लाई अझै प्रभावकारी बनाउने बिषयमा नयाँ जिम्मेवारी पाएका पदाधिकारीहरूलाई प्रशिक्षण दिइएको छ । राष्ट्रिय युवा संघ नेपाल कैलालीको यहि भाद्र ५ गते बसेको बैठकले जिल्लाका १३ ओटै स्थानीय तहमा संयोजक र सहसंयोजकको जिम्मेवारी तोकेको थियो ।