धनगढी, ७ भदौ । राष्ट्रिय युवा संघ नेपाल धनगढी नगर कमिटीले प्रहरी यूनिटहरुमा स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
नगर कमिटीका संयोजक अभिषेक नाथको नेत्रित्वमा धनगढी भित्रका प्रहरी यूनिटहरुमा स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।

उनले जिल्ला ट्राफिक कार्यलय धनगढी, अस्थाई प्रहरी पोष्ट जुगेडा, प्रहरी चौकी कनरी र सिमा प्रहरी चौकी बौलिया फुलबारीमा स्वास्थ्य सामग्री बितरण गरेको बताए ।
प्रहरीहरुले सर्बसाधारणसग नजिक भएर काम गर्नु पर्ने र कोरोना बढी जोखिम हुने भएकाले सहयोग गरेको उनले बताए ।

नेपालमा कोरोनाको जोखिम कायमै रहेको र सबै भन्दा बढी सुरक्षाकर्मि जोखिममा रहकाले सहयोग गरेको उनले बताए ।
नगर कमिटीका संयोजक अभिषेक नाथले शनिबार वसेको राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटिको बैठकबाट जिम्मेबारी पाएका थिए ।

