धनगढी, भदौ १७– नेपाल स्वास्थ्य व्यवसायी परिषद्का पहिलो सुदुरपश्चिमेली रजिष्ट्रारलाई धनगढीमा सम्मानित गरिएको छ । मेडिकल ल्याब्रोटरी एसोसिएसन मेलान सुदुरपश्चिम समितीले परिषद्का पहिलो सुदुरपश्चिमेली रजिष्ट्रार दिपकराज भट्ट सम्मानित गरेको हो । धनगढीमा स्वागत तथा बधाई ज्ञापन कार्यक्रम गरेर रजिष्ट्रार भट्टलाई सम्मान गरिएको हो ।
मेलान सुदुरपश्चिम समितीका अध्यक्ष दिपेन्द्रप्रसाद तिवारीले भट्टलाई सम्मानपत्र र दोसल्ला सहित सम्मान गर्नुभयो । सुदुरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका बरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले रजिष्ट्रार भट्टको बारेमा जानकारी गराउनुभएको थियो । सोही कार्यक्रममा नेपाल सिएमए संघले पनि मायाको चिनो प्रदान गरेको थियो ।
कञ्चनपुरको भिमदत्त नगरपालिका २ निवासी नवनियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्का रजिष्ट्रार दिपकराज भट्ट विगत १७ बर्षदेखि स्वास्थ्य क्षेत्रमा काम गर्दै आउनु भएको छ । लामो समय भट्टले सुदुरपश्चिमका विभिन्न जिल्लामा रहेर पनि काम गर्नुभएको थियो । भट्ट नेपाल सरकारको उप प्रधानान्त्री स्तरीय वैठकबाट नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिष्ट्रारमा नियुक्त हुनुभएको हो । सोमबार मात्रै उहाँले पदभार ग्रहण गर्नुभएको हो ।