धनगढी: सुदूरपश्चिमका नागरिकलाई बाढी पहिरो जस्ता विपदबाट जोगाउन प्रदेश सरकारलाई निर्देशन दिइएको छ । सुदूरपश्चिम प्रदेश सभाको विधायन तथा प्रदेश मामिला समितिले बाढी, पहिरोबाट धनजनको क्षती हुनबाट जोगाउनका लागि आवश्यक पूर्वतयारी गर्न प्रदेश सरकारलाई निर्देशन दिएको हो ।
समितिका सभापति नेपालू चौधरीको अध्यक्षतामा बिहीबार बसेको बैठकले सो निर्णय गरेको हो । सो समितिका सदस्य तारा लामा तामाङका अनुसार समितिले शुक्रबार कञ्चनपुरको भीमदत्त नगरपालिकामा रहेको खन्या खोला लगायतका क्षेत्रको अनुगमन गर्ने जनाएको छ ।