• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

सुदूरपश्चिममा राजनीति : मन्त्री भन्छन्-आधिकारिक पत्र आएको छैन, कमिटी भन्छ, ‘पत्र पाएनौं भन्नु गलत’

"सुदूरपश्चिम कमिटी भन्छ : इमेल इन्टरनेटको जमानामा आधिकारिक पत्र पाएनौं भन्नु गलत "

धनगढी: नेकपा एमालेबाट सुदूरपश्चिम प्रदेश सरकारमा शुक्रबार सहभागी भएका मन्त्रीहरूले पार्टीलाई नटेरेको आरोप लागेको छ । सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुनाको कारणसहित एमाले प्रदेश कमिटीले सोधेको स्पष्टीकरण उनीहरूले बेवास्ता गरेको आरोप छ ।

सुदूरपश्चिम सरकारमा नेकपा एमालेका तर्फबाट तीन मन्त्री र तीन राज्यमन्त्री सहभागी भएका छन् । माओवादी नेतृत्वको सरकारबाट फिर्ता हुने पार्टीको निर्णय विपरीत प्रदेश सरकारमा सहभागी भएको भन्दै एमाले प्रदेश कमिटीले शनिबार २४ घण्टे अल्टिमेटम दिँदै स्पष्टीकरण सोधेको थियो ।

‘आइतबार ११ बजेसम्मको समयसीमा तोकेर मन्त्रीसहित सात जनालाई २४ घण्टे स्पष्टीकरण सोधेका थियौं,’ एमाले प्रदेश कमिटीका सचिव राजेन्द्र रावलले भने, ‘तर कुनै जवाफ आएन । हामीले कारबाही प्रक्रिया अगाडि बढाउनका लागि पार्टी केन्द्रमा सिफारिस गरिसकेका छौं । स्थायी कमिटीले पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्छ ।’

पार्टीको प्रदेश कमिटी सचिव रावलले यस्तो दाबी गरिरहँदा प्रदेश सरकारमा सहभागी भएका मन्त्रीले भने आधिकारिक पत्र नै नआएको दाबी गरेका छन् ।

‘स्पष्टीकरणका लागि हामीलाई कुनै पत्र नै आएको छैन,’ प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले भनिन्, ‘आधिकारिक पत्र आएपछि मात्रै स्पष्टीकरणको कुरा आउँछ ।’ उनका अनुसार आधिकारिक पत्र नआएकै कारण मन्त्री र सांसद कसैले पनि स्पष्टीकरण बुझाएका छैनन् । एमाले प्रदेश कमिटीका सचिव रावलले इमेल इन्टरनेटको जमानामा पनि आधिकारिक लेटर नआएको भन्नु आफैंमा गलत भएको बताए ।

‘प्रदेश कमिटीका तर्फबाट इमेल, म्यासेन्जर सबैमा सम्बन्धित व्यक्तिलाई पत्र पठाएका छौं,’ उनले भने, ‘आधिकारिक पत्र आएन भन्न मिल्दैन । स्पष्टीकरण दिन नचाहेको प्रष्ट बुझिन्छ ।’

नेकपा एमालेकातर्फबाट शुक्रबार नियुक्त भएका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी, आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी र सामाजिक विकासमन्त्री लालबहादुर खड्का, राज्यमन्त्रीमा नियुक्त एमालेकै चुनकुमारी चौधरी, मनाकुमारी साउद र अर्चना गहतराज र सचेतक दुर्गा कामीलाई स्पष्टीकरण सोधिएको जनाएको छ ।

नेकपा एमाले यसअघि स्थायी कमिटीले माओवादी केन्द्र नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना मन्त्रीलाई फिर्ता हुन निर्देशन दिएको थियो । तर, यता प्रदेशमा भने एमाले संसदीय दलले पार्टीलाई दिएको समर्थ तत्काल फिर्ता नलिने निर्णय गर्‍यो । शुक्रबार थप मन्त्रीलाई सरकारमा पठायो ।

पार्टीको निर्णय विपरीत प्रदेश सरकारमा सहभागी भएको भन्दै एमाले प्रदेश कमिटीले शनिबार २४ घण्टे अल्टिमेटम दिँदै स्पष्टीकरण सोधेको थियो ।

एमाले प्रदेश कमिटीले यसअघि आन्तरिक मामिला तथा कानुनमन्त्री रहेका अहिलेका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह, पूर्व सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र उद्योग पर्यटन वन तथा वातावरणमन्त्री माया भट्टलाई एमालेको साधारण सदस्यबाट निष्कासित गर्न केन्द्रीय कमिटीलाई सिफारिस गरेको छ । सुदूरपश्चिममा एमालेमा नेपाल(खनाल पक्षको वर्चस्व छ ।

प्रदेशसभामा एमालेका सभामुख बाहेक २४ जना सांसद छन् । जसमा १८ जना नेपाल(खनाल पक्षका सांसद छन् ।

 

सोमबार, जेठ १७, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु

Recent Posts

  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.