• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

तीजका यी १० गीत सुन्नुभयो त?

हिन्दु महिलाहरुको चर्चित पर्व तीज नजिकिँदै छ। तीजलाई लक्षित गरेर धेरै गीतहरु बजारमा आइसकेका छन्। यसो त साउन महिना सुरु हुँदाबाटै हामी तीज गीत सुन्न पाउछौँ। केही प्रेमका भाका त केही बिलौनाका कथा बोकेर तीज गीत घन्कन्छन् ।

यो वर्षको तीजलाई लक्षित गर्दै केही गीतहरु बजारमा आएका छन्। केहीमा गीतार र ड्रम बजाएर पनि गीत पनि आएका छन् भने केही आधुनिक समाजका ‘सासु–बुहारी’ का गीत आएका छन्। केही गीतलाई असाध्यै रुचाइएको छ।

१. हामी पनि नाच्नु पर्छ बीच–बीचमा

गायक दुर्गेश थापाको शब्द र स्वरमा सजिएको ‘हामी पनि नाच्नु पर्छ बीच–बीचमा’ भन्ने गीतले अहिले बजारमा निकै चर्चा बटुलिरहेको छ। यूटुयूबमा यस गीतलाई झण्डै ४० लाख भन्दा धेरै पटक हेरिएको छ।

२ अष्ट्रेलिया काण्ड ( बिर्सि जाने मायालाई के भनौ)

लोक गायक पशुपती शर्माको यो वर्षको तीज गीत ‘बिर्सि जाने मायालाई के भनौँ’ गीत युट्यूबमा सार्वजनिक भएको छ। यो गीतलाई युट्यूबमा सत्ताइस लाख भन्दा धेरै पल्ट हेरिएको छ। यो गीत अष्ट्रेलिया जान मरिमेट्ने युवा समुदायमा लक्षित छ।

३. ‘ठेल न बुढी ठेल’

रविन घर्ति मगर, मदन सेन्चुरी र तीलक लामिछानेको स्वरमा गीत ‘ठेल बुढी ठेल’ गीत पनि यूट्यूबमा सार्वजनिक भएको छ। यो गीतमा विशाल रायमाझीको शब्द छ। गीतमा ससुराली जान लागेका जोडीको कुराकानी समेटिएको छ। यो गीतलाई २८ लाख भन्दा धेरै पल्ट हेरिएको छ।

४. सौता

गायक सन्तोष केसी, राधिका हमाल र रिता केसीको स्वरमा ‘सौता’ बोलको गीत सार्वजनिक भएको छ। यो गीतले बहुविवाह गर्नेहरुले भोगेको समस्यालाई ठट्याइलो तरिकाले प्रस्तुत गरेको छ। गीतमा जिरे खुसानीका हाँस्य कलाकार शिवहरी पौडेल, अन्जु श्रेष्ठ र सविता गुरुङको अभिनय छ। यो गीतलाई १५ लाख भन्दा धेरै पल्ट हेरिएको छ।

५ सुहायो चौपटै

गायक पशुपती शर्मा, राजु ढकाल र देवी घर्तीको गीत ‘सुहायो चौपटै’ यूट्यूबमा रुचाइएको छ। गीतलाई २८ लाख भन्दा धेरैले हेरेका छन्। यो गीतमा गायक तथा गायिकालाई नै अभिनय गरेको देख्न सकिन्छ।

६. चल्ती आएको

‘चल्ती आएको’ बोलको गीतमा खुमान अधिकारी र शान्ता परियारको स्वर सुन्न सकिन्छ। यो गीतमा अहिलेकी चर्चित मोडल अञ्जली अधिकारीले नृत्य गरेकी छन्। यो गीतमा कृष्ण ढकाल शब्द छ।

७ तीजै रमाइलो

नायिका के की अधिकारी अभिनित गीत ‘तीजै रमाइलो’ गीत सार्वजनिक भएको छ। गीतमा गोमा (सुजाता) कार्कीको स्वर छ भने राजन पोखरेलको शब्द छ। यो गीतले तीजको बेलमा हुने जमघट, माइती र साथीहरुसँग रमाइलो समयलाई देखाएको छ।

८ के छ ओई पान पाते ठूली

गायक रविन लामिछाने र रिना केसीको स्वरमा गीत के छ ओई पान पाते ठूली सार्वजनिक भएको छ। यो गीतमा नवराज पन्तको शब्द छ। साउनमा सार्वजनिक भएको गीतलाई धेरै रुचाइएको छ। यो गीतमा चाँडै विवाह गरेर विधवा भएकी युवति र उनको पूर्व प्रेमिको संवादलाई देखाइएको छ। गीतमा प्रकाश सपूत र जुना सुनदासले नाँचेका छन्।

९ चिटिक्कै भा छु रे

‘चिटिक्कै भा छु रे’ गीत लोक गायिका सिन्धु मल्लले गाएकी हुन्। उनलाई स्वर र शब्द रचनामा राजन बगरले साथ दिएका छन्। सिन्धु मल्लले यो भन्दा अगाडि पनि चिटिक्क भा छु रे भन्ने गीत गाएकी थिइन्। यो गीतलाई यूट्यूबमा ४० लाख भन्दा धेरै पल्ट हेरिएको छ। गीतमा नायिका आँचल शर्माले नाचेकी छन्।

१० सासु–बुहारी

गीत सासु–बुहारीले आधुनिक तीजलाई देखाएको छ। यसले परिवारमा कस्तो असर गरेको छ र बुहारीले दर खाने चक्करमा परिवार विशेषगरी सासुलाई गरेको बेवास्तालाई चित्रण गरिएको छ। गीतमा तीजले निम्त्याएको समस्यालाई उजागर गरिएको छ। यो गीतमा सन्तोष केसी, राधिका हमाल, र ललिता पौडेलको स्वर छ। गीतलाई सन्तोष केसी र सुष्मा अधिकारीले लेखेका हुन्। यो गीतलाई १७ लाख पल्ट हेरिएको छ।

सोमबार, भदौ ०२, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एकहोरो हेराइ खै कता छ (गजल)
कैलालीमा १३ वर्षीया बालिकामाथि करणी गरेको आरोपमा युवक पक्राउ
बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.