• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

नेकपामा पूर्वएमाले एकगठ, पूर्वमाओवादी पक्ष अप्ठेरामा !

अघिल्लो साता नेपालका दैनिक छापाहरूमा भारतले काश्मीरका सम्बन्धमा गरेको निर्णयमा नेपालको प्रतिक्रिया के होला भन्ने विषयले महत्त्व पाएको भए पनि यो साता सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको विवादको समाधान, प्रधानमन्त्रीको स्वास्थ्य र एकजना सञ्चारकर्मी पक्राउको विषय चर्चामा रहे ।
करिब १० दिन सिंगापुरमा उपचार र आरामका लागि गएका प्रधानमन्त्री केपी शर्मा ओली नेपाल फर्किनासाथ सत्तारुढ दलभित्र देखिएको विवादलाई थामथुम पार्ने प्रयास गरेका छन् ।

विभागको नेतृत्वमा लामो समयदेखि विवाद कायमै थियो । विशेषतः पार्टी स्कुल विभागको नेतृत्व तत्कालीन एमालेले गर्ने कि माओवादीले भन्ने विषयमा लामै समय तानातान चल्यो । अन्ततः पार्टीले लिएको लाइनभन्दा फरक लाइनको वकालत गर्ने तत्कालीन एमालेका महासचिव रहेका नेता रक्षामन्त्री ईश्वर पोखरेललाई स्कुल विभागको नेतृत्व दिइएको छ ।

नेकपाले जनताको जनवादलाई मार्गदर्शक सिद्धान्त बनाउने निर्णय गरेको भए पनि पोखरेल भने जनताको बहुदलीय जनवादको विकल्प नभएको तर्क गर्ने र एक्लै भए पनि जिल्ला जिल्लामा यो विषय लिएर जाने चेतावनी दिने नेतामा हुन् । उनैलाई स्कुल विभागको नेतृत्वसहित पछिल्लो समय नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट हुन पुगेका नेता वामदेव गौतमलाई उपाध्यक्षमा प्रस्ताव गरेर नेकपाभित्र देखिएको विवाद तत्काललाई थामथुम पार्ने प्रयास प्रधानमन्त्रीले गरेका पत्रिकाहरूले अनुमान गरेका छन् ।

शनिवार प्रकाशित धेरैजसो पत्रपत्रिकाले यही विषयलाई महत्त्व दिएका छन् । ‘गाँठो फुक्यो’ शीर्षकमा कान्तिपुर दैनिकले सात कोलममा नेकपा सचिवालय बैठकको निर्णय सम्बन्धमा समाचार प्रकाशित गरेको छ भने गौतमलाई रिझाउन उपाध्यक्ष पद सिर्जना गरेको विषय पनि समाचारमा समावेश गरेको छ ।

ओलीले गौतमलाई आफू निकट बनाएर अर्का अध्यक्ष पुष्पकमल दाहाललाई कमजोर बनाउने रणनीति पनि सँगै अख्तियार गरेको देखिन्छ । ओलीले गौतमलाई कास्की क्षेत्र नम्बर २ बाट निर्वाचन लड्न आग्रह गरेको पनि कान्तिपुरसँगको कुराकानीमा गौतमले स्वीकार गरेका छन् । ओलीले अहिले गौतमलाई आफू निकट ल्याएर प्रचण्डलाई कमजोर बनाउने प्रयास गरेको भए पनि झलनाथ खनाल र माधव नेपालबीच वरीयतामा देखिएको विवादले झनै चर्को रुप लिन सक्ने देखिएको छ ।

गौतमलाई पनि आफ्नो समूहमा राखेर प्रधानमन्त्रीले पूर्वएमालेको गठ कायम राखेका छन् भने यसले गर्दा दाहाल पक्षधर अर्थात् पूर्वमाओवादी कमजोर देखिएको छ ।

नयाँ पत्रिका दैनिकले ‘नेकपाको उपाध्यक्षमा वामदेव’ शीर्षकमा समाचार प्रकाशित गरेको छ । नागरिक दैनिकले ‘ओलीले एकाएक मिलाए दलको विवाद’ शीर्षकमा पहिलो पृष्ठमा समाचार प्रकाशित गरेको छ भने अन्नपूर्ण पोस्ट दैनिकले गौतमलाई पदै पद, पोखरेललाई स्कुल’ शीर्षकमा समाचार प्रकाशित गरेको छ ।
त्यसअघि नेकपामा भएको गुट अदलबदलले पनि यसको संकेत गरिसकेको थियो । सिंगापुरमा उपचार गरी फर्किएलगत्तै ओलीले गरेको यो निर्णयलाई महत्त्वका साथ हेरिएको छ ।

प्रधानमन्त्री ओलीको १० दिनसम्म सिंगापुरको कुन अस्पतालमा उपचार गराइएको, अहिले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था कस्तो छ भन्ने जनचासोको विषय भए पनि न त प्रधानमन्त्रीको सचिवालयले विज्ञप्तिमार्फत् जनाएको छ न त कुनै दैनिक पत्रिकाले यसलाई महत्त्व नै दिएका छन् ।

रवि लामिछाने काण्ड 

न्युज २४ टेलिभिजनमा कार्यक्रम प्रस्तोतासमेत रहेका पत्रकार रवि लामिछानेलाई प्रहरीले टेलिभिजनको कार्यालयबाटै यो साता पक्राउ गरेको छ । आफ्ना पूर्वसहकर्मीले आत्महत्या गर्नुअघि मोबाइलमा खिचेको भिडियोमा रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीको नाम उल्लेख गरेपछि प्रहरीले रविसहित तीनजनालाई पक्राउ गरी चितवन लगेको हो ।

प्रहरीले अनुसन्धानका लागि पक्राउ गर्नुभन्दा पहिले आत्महत्या गरेका शालिकराम पुडासैनीको भिडियो सार्वजनिक गरिएको थियो । प्रहरीले नियोजित रुपमा त्यो भिडियो अनुसन्धान पूरा नहुँदै किन सार्वजनिक गर्‍यो ? भन्ने विषय पनि उठेको छ । आत्महत्या गर्नासाथ प्रहरीले गोप्य भनेको भिडियो पक्राउ गर्नुभन्दा अघिल्लो दिनमा सार्वजनिक भएको थियो ।

रविसहित तीनजनालाई पाँच दिन थुनामा राख्न अदालतले दिएको आदेशका विषयमा पनि सबैजसो पत्रिकामा समाचार प्रकाशित भएको छ ।

समाज नियन्त्रण गर्दै सरकार ! 

स्थानीयदेखि जिल्ला प्रशासनसम्मले यसवर्ष तीजको भोजभतेरमा प्रतिबन्ध लगाएको विषय यो साता मुख्य दैनिक पत्रिकाले केही महत्त्व दिएका छन् ।

नागरिक दैनिकले ‘दरमा डर’ शीर्षकमा सम्पादकीय लेख्दै भनेको छ–सक्नेले खर्च गरे भनेमात्रै रोजगारी बढ्छ । बजार चलायमान हुन्छ । तीज वा अन्य कुनै पनि चाडपर्व लक्षित भोजमा प्रतिबन्ध लगाउनुजस्तो सस्तो लोकप्रियताको घोषणा अर्थतन्त्रका निम्ति प्रत्युत्पादक छ । परम्परादेखि चलिआएका चाडपर्व मनाउन सरकारको अनुमति लिनुपर्ने सोच खोटपूर्ण छ । समयमै सच्याइयोस् । दरमा डर हुनुभएन ।”

प्राधिकरणमा चमत्कार 

नेपाल विद्युत् प्राधिकरणमा तीनवर्षको अवधिमा आएको चमत्कारको विषय यो साता नयाँ पत्रिका दैनिकले उठान गरेको छ । दैनिक १८ घण्टासम्म लोडसेडिङ हुने नेपालमा अहिले त्यो पूरै हटेर गएको छ । त्यतिमात्रै होइन गतवर्ष नेपाल विद्युत् प्राधिकरणले सात अर्ब २० करोड खुद नाफा गरेको नयाँ पत्रिका दैनिकको सम्पादकीयमा उल्लेख छ ।

संसद्का गाडीमा गडबडी 

संघीय संसद्ले समिति सभापतिका लागि भनेर खरिद गरेका ११ वटा गाडी एक महिनामै बिग्रिए । यो विषय यो साता कान्तिपुर दैनिकले विशेष महत्त्वका साथ उठायो । कान्तिपुर दैनिकले यस विषयमा सम्पादकीयसमेत लेखेर भनेको छ – ‘‘संसद् र त्यसका जिम्मेवार पदाधिकारीले अहिलेसम्म भएका गडबडीलाई छानबिन गरी दोषीलाई कारबाही गर्ने त छँदै छ भविष्यमा कुनै पनि अवस्थामा यस्ता घटना दोहोरिन नदिने दृढ संकल्प गर्नुपर्छ ।”

आइतबार, भदौ ०१, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.